३० वर्षे सेवा अवधि पुगेका प्रहरीलाई तत्काल अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधि पुगेका प्रहरी अधिकारीहरूलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश दिएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले ३० वर्षे सेवा अवधिका कारण अवकाश हुन लागेका प्रहरीहरूलाई अवकाश नदिन अन्तरिम आदेश दिएको हो ।

३० वर्षे सेवा अवधिका कारण १६ भदौदेखि अवाकाश हुन लागेका २१ प्रहरी अधिकारीले सेवा अवधि हटाउनुपर्ने माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखानालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्चले यसअघि बृहत पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेश पालना भएको नदेखिएको भन्दै उनीहरूको हकमा जिम्मेवारी परिवर्तन नगराउन पनि अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले यो विवादमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । असोज १० गते पूर्ण सुनुवाइ गर्ने जनाएको छ ।

 

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा आशिष अग्रवाल Read Previous

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा आशिष अग्रवाल

पोखरा विमानस्थल बनाउन लिइएको ऋण अनुदानमा परिणत गर्न चीनलाई आग्रह Read Next

पोखरा विमानस्थल बनाउन लिइएको ऋण अनुदानमा परिणत गर्न चीनलाई आग्रह