काठमाडौं । सहकारी संस्था बचत हिनामिना प्रकरणमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ।
समितिले लामिछानेलाई शुक्रबार दिउँसो २ बजे सोधपुछका लागि बोलाएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।
विभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगानी गरिएको पाइएको छ । सो बारे जानकारी लिन समितिले लामिछानेलाई बोलाएको हो ।
संसदीय समितिले सहकारीको बचत हिनामिनामा संलग्न संस्थार तिनका पदाधिकारीहरूसँग लगातार सोधपुछ गर्दै आएको छ ।