सेयर बजारमा सुधार, दुई कम्पनीको मूल्यमा पाेजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । अघिल्लो साता करिब २२ अंकले घटेको बजार साताको पहिलो दिन १ अंकको बढोत्तरी आएको छ । कारोबार रकममा भने सामान्य गिरावट आएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से आज १.१७ अंकले बढेर ११५०.८२ विन्दुमा पुगेको छ । आज १६७ कम्पनीको ३७ करोड ४४ लाख ६६ हजार ४६५ रुपैयाँ बराबरको कारोबार भएको छ । १४ लाख ८८ हजार ३०४ कित्ता सेयर किन बेच भएका छन् ।

 

आज कारोबार भएका १२ वटा समूहमध्ये ६ समूहको सूचक ओरालो लागेका छन् भने ६ वटै समूहको सूचक उकालो लागेका छन् । आज जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ४३.७७ अंकले घटेको छ भने उत्पादनमूलक समूहको सूचक सबैभन्दा धेरै ७०.७२ अंकले बढेको छ ।

 

कारोबार रकमको आधारमा आज शिवम् सिमेन्टको सेयर शीर्ष स्थानमा रह्यो । यसको ४ करोड ७६ लाख ८१ हजार ९३७ रुपैयाँको कारोबार भएको छ ।

 

आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । शिवम् सिमेन्ट र पाँचथर पावर कम्पनीकोे मूल्य करिब १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्स कम्पनीको मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यसको मूल्य ९.८१ प्रतिशतले घटेको छ ।

'आर्थिक कारोबारको जरोदेखि नै गलत क्रियाकलाप हुन्छ, लेखापरीक्षकले ध्यान दिनुस्' Read Previous

'आर्थिक कारोबारको जरोदेखि नै गलत क्रियाकलाप हुन्छ, लेखापरीक्षकले ध्यान दिनुस्'

१० वर्षमा सीई ग्रुपले एक हजार मेगावाट बिजुली बनाउँछः विजय राजभण्डारी Read Next

१० वर्षमा सीई ग्रुपले एक हजार मेगावाट बिजुली बनाउँछः विजय राजभण्डारी