अर्थ मन्त्रालयका १५ सहसचिवको सरुवा, भन्सारको महानिर्देशकमा पुडासैनी

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकैपटक १५ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । गत बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयमा ८ जना नयाँ सहसचिव पठाएपछि पोडैललले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

सरकारले बिहीबार एकैपटक ५९ जना सहसचिवको सरुवा गरेको थियो । मन्त्री पौडेलले सहसचिव हरिशरण पुडासैनी भन्सार विभागको महानिर्देशक बनाएका छन् । यसअघिका महानिर्देशक ढुण्डीराज निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाइएको छ ।

त्यस्तै, रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । दीपक लामिछानेलाई वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, मा नियुक्त गरिएको छ । कविता रेग्मी र गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा पठाइएको छ ।

त्यसैगरी, रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासक, यमुना प्रधान र जनकराज शर्मा भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ ।

डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रक, उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा, मदन दाहाललाई अर्थमन्त्रालयकै प्रशासन महाशाखा हेर्ने जिम्मेवारी तोकिएको छ ।

थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखामा, महेश भट्टराईले अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखा र अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गत राखिएको छ ।

३ करोड खर्चेर गोसाइँकुण्डमा पहिलो पटक पुर्याइयो राष्ट्रिय ग्रिडको बिजुली Read Previous

३ करोड खर्चेर गोसाइँकुण्डमा पहिलो पटक पुर्याइयो राष्ट्रिय ग्रिडको बिजुली

इन्साइडर ट्रेडिङ गर्नेलाई ३ वर्ष कैद र ३ करोडसम्म जरिवाना, यस्ता छन् नयाँ व्यवस्था Read Next

इन्साइडर ट्रेडिङ गर्नेलाई ३ वर्ष कैद र ३ करोडसम्म जरिवाना, यस्ता छन् नयाँ व्यवस्था