एशियन लाइफको सवा ५ लाख कित्ता सेयर लिलामीमा आयो, मूल्य कति ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको ५ लाख ३० हजार ४६ कित्ता संस्थापक (प्रमोटर)सेयर बिक्रीमा आएको छ ।

कम्पनीले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर लिलामीमार्फत बेच्न लागेको हो ।

उक्त सेयरमा इच्छुक इन्स्योरेन्सका संस्थापक सेयरधनीका साथै जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले भदौ ११ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य २७५ रुपैयाँ नघटाइ आवेदन दिनुपर्नेछ । कम्तीमा २ लाख कित्ताको लागि आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा बोलपत्र पेश गर्नुपर्नेछ ।

विश्व बैंकले नेपाललाई दिने बजेटरी सहायता वृद्धि गर्ने Read Previous

विश्व बैंकले नेपाललाई दिने बजेटरी सहायता वृद्धि गर्ने

अर्थ मन्त्रालयले बनायो १०० दिनको कार्ययोजना Read Next

अर्थ मन्त्रालयले बनायो १०० दिनको कार्ययोजना