काठमाडौं विश्वविद्यालयले ल्यायो ४ अर्ब ३१ करोडको बजेट

काठमाडौं । काठमाडौं विश्वविद्यालयले चालु आर्थिक वर्ष २०८१/८२ का लागि सवा ४ अर्ब रुपैयाँ बढीको बजेट ल्याएको छ ।

बुधबार बालुवाटारमा विश्वविद्यालयको ९७औँ सभामा विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युतप्रसाद वाग्लेद्धारा प्रस्तुत ४ अर्ब ३० करोड ९० लाख रुपैयाँको बजेट पारित भएको हो ।

त्यस्तै, सभाले आगामी २९औँ दीक्षान्त समारोहकाका लागि विभिन्न सङ्कायबाट दीक्षित हुने २ हजार ३१४ विद्यार्थीको ‘ग्रेसलिष्ट’ पारित गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचमा भएको सहकार्यलाई आगामी ५ वर्षसम्म कायम राख्न निर्देशन दिएका छन् । ओलीले विश्वविद्यालय र अस्पतालबीच देखिएको असमझदारी र समस्या छलफल गरी समाधान गर्न निर्देशन दिएका हुन् ।

धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबीच विवाद र अन्योल उत्पन्न भएको थियो ।

प्रधानमन्त्री ओलीले सिट क्षमताअनुसार विश्वविद्यलायमा विद्यार्थी भर्ना हुने अवस्था ल्याउन पनि सुझाव दिए ।

नेपाल सरकारको गत आर्थिक वर्षमा अनुमानभन्दा २४ प्रतिशतले राजस्व कम उठेको र खर्च बढेकाले चाहेर पनि सरकारले विश्वविद्यालयलाई थप अनुदान दिन नसक्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

उद्योगमन्त्री र अष्ट्रेलियाली राजदूत बीच बिदाइ भेट, लगानीको पहल गरिदिन आग्रह Read Previous

उद्योगमन्त्री र अष्ट्रेलियाली राजदूत बीच बिदाइ भेट, लगानीको पहल गरिदिन आग्रह

नेप्सेमा उच्च अंकको कमब्याक, यी १२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा उच्च अंकको कमब्याक, यी १२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट