काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ मा डेढ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १ करोड ५७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले गत चैत मसान्तसम्म १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले अघिल्लो वर्षको चौथो त्रैमासको विवरण भने ब्यालेन्स सिटमा उल्लेख गरेको छैन ।
गत असारसम्म कम्पनीले विद्युत बिक्रीबाट ३ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा कम्पनीको संचालन मुनाफा २ करोड ३२ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १५ लाख ३३ हजार रुपैयाँ छ भने वित्तीय खर्च ५९ लाख ८ हजार रुपैयाँ छ ।
हाल १२ करोड १८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७ करोड ५५ लाख रुपैयाँ संचित छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.९३ रुपैयाँ छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १६१.९५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११६.७० गुणा रहेको छ।
कुथेली नेप्सेमा सूचीकृत ९० वटा हाइड्रोपवार मध्ये सबैभ्न्दा महँगो सेयर मूल्य हुने कम्पनी हो । यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २२०८.१० रुपैयाँ छ । केही दिन अघि कम्पनीको सेयर मूल्य २ हजार ७२६ रुपैयाँसम्म पुगेको थियो ।