शिखर इन्स्योरेन्सको हकप्रदले पायो ग्रेड ३ प्लस रेटिङ

काठमाडौं । शिखर इन्स्योरेन्सले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ‘इक्रा एनपी आइपीओ ग्रेड ३ प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले हकप्रदमा लगानी गर्न तुलनात्मक रुपमा सुरक्षित रहेको जनाउछ।

 

कम्पनीले १० बराबर ३ अनुपातमा प्रति शेयर १०० अंकित मूल्यका ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न बोर्डमा गत असोज २८ गते निवेदन दिएको थियो।

 

इन्स्योरेन्सको गत साउन २८ गते सम्पन्न चौधौं वार्षिक साधारण सभाले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। हकप्रद शेयर बिक्री गर्ने जिम्मेवारी एनआइबीएल क्यापिटललाई दिइएको छ।

 

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रहेको छ भने हकप्रद बिक्री पश्चात १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।

 स्याउले मूल्य नपाउँदा करोडौंको लगानी बालुवामा पानी Read Previous

 स्याउले मूल्य नपाउँदा करोडौंको लगानी बालुवामा पानी

भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्गको काम अन्तिम चरणमा Read Next

भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्गको काम अन्तिम चरणमा