एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको नाइन एन-एजेडी कलसाइन हेलिकप्टर नुवाकोटको शिवपुरी-७ सूर्यचौर क्षेत्रमा दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनमा परी पाइलटसहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेलिकप्टर पाइलट अरुण मल्ल र चार चिनियाँ नागरिक रहेका छन् ।

काठमाडौंबाट दिउँसो १:५४ बजे उडेको हेलिकम्पटर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो।

दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।

नेप्सेमा शतकको छलाङ, यी १३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा शतकको छलाङ, यी १३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेपालमा लगानी बढाउन बिम्स्टेक राष्ट्रका निजी क्षेत्रका लगानीकर्तालाई आग्रह Read Next

नेपालमा लगानी बढाउन बिम्स्टेक राष्ट्रका निजी क्षेत्रका लगानीकर्तालाई आग्रह