सांग्रिला डेभलपमेन्ट बैंकले नगद लाभांश मात्र दिने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीलाई दिने लाभांश घोषणा गरेको छ ।

 

शुक्रबार बसेको बैंक सञ्चालक समितिको २३८ औं बैठकले कर सहित ८.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले नगद लाभांश वापत २३ करोड ३५ लाख ३७ हजार २९६ रुपैयाँ वितरण गर्ने छ ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

 

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४ सय रुपैयाँ छ ।

मुलुकभरका होटल व्यवसायी सुर्खेतमा Read Previous

मुलुकभरका होटल व्यवसायी सुर्खेतमा

सिजी ल्यान्डमार्कमा अत्याधुनिक सिनेमा घर 'सिनेप्लेक्स' सञ्चालनमा Read Next

सिजी ल्यान्डमार्कमा अत्याधुनिक सिनेमा घर 'सिनेप्लेक्स' सञ्चालनमा