एशियन लाइफको पौने ३ लाख कित्ता सेयर लिलामीमा, मूल्य कति ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको २ लाख ७१ हजार ४६ कित्ता संस्थापक (प्रमोटर)सेयर बिक्रीमा आएको छ ।

कम्पनीले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर लिलामीमार्फत बेच्न लागेको हो ।

उक्त सेयरमा इच्छुक इन्स्योरेन्सका संस्थापक सेयरधनीका साथै जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले साउन २८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य ३५० रुपैयाँ नघटाइ आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले एशियन लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय मौतिदेवी, काठमाडौंमा लिखित निवेदन दिनुपर्नेछ ।

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित Read Previous

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

विदेशबाट फर्केर अकबरे खेती, वार्षिक १५ लाख कमाइ Read Next

विदेशबाट फर्केर अकबरे खेती, वार्षिक १५ लाख कमाइ