नेप्सेमा उच्च अंकको कमब्याक, यी ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । सोमबार २० अंकले घटेको नेप्से आज ३५ अंकले फर्केको हो ।

मंगलबार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ बिन्दुमा पुगेको छ । सूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा २ अर्ब ३४ करोड रुपैयाँले घटेर १७ अर्ब २६ करोड रुपैयाँमा सीमित छ ।

आज ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचक घटेको छ भने ९ समूहको बढेको छ । होटल र फाइनान्स समूहको परिसूचक झण्डै ६ प्रतिशतले बढेको छ ।

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ६० करोड १० लाख रुपैयाँ बढीको २ लाख ९७ हजार ९१६ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ३६ करोड ४३ लाख रुपैयाँ बढीको सेयर खरिद बिक्री भएको छ ।

कारोबारमा आएका मध्ये १८९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४७ कम्पनीको मूल्य घटेको छ ।

दोहोरो अंकले बढेको नेप्से आज ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, साञ्जेन जलविद्युत् र नेपाल वेयर हाउजिङको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स र मध्य भोटेकोशी हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

आज एशियन हाइड्रोपावरको सेयर मूल्य भने ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

त्रिविको २८ अर्ब बेरुजु, प्रधानमन्त्रीले भने-'सम्परीक्षण गराइएपछि घट्छ' Read Previous

त्रिविको २८ अर्ब बेरुजु, प्रधानमन्त्रीले भने-'सम्परीक्षण गराइएपछि घट्छ'

यो सरकार ‘एक्सन ओरिएन्टेड’ हो, असफल हुने छुट छैन : प्रधानमन्त्री Read Next

यो सरकार ‘एक्सन ओरिएन्टेड’ हो, असफल हुने छुट छैन : प्रधानमन्त्री