लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्ड २ को लाभांश घोषणा

काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्ड २ ले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट प्रतिफल घोषणा गरेका छन् ।

लक्ष्मी सनराइज क्यापिटल सञ्चालक समितिको साउन १४ गते बसेको बैठकले लाभांश घोषणा गरेको हो ।

लक्ष्मी उन्नती कोषले गत वर्षको नाफाबाट ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड २ ले ४.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यी फण्डहरूको योजना व्यवस्थापक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ।

साइमेक्स इंकले कालिमाटीमा रोप्यो ५५० बिरुवा Read Previous

साइमेक्स इंकले कालिमाटीमा रोप्यो ५५० बिरुवा

म्याङलुङ र धनकुटामा प्रभु बैंकको नयाँ शाखा विस्तार Read Next

म्याङलुङ र धनकुटामा प्रभु बैंकको नयाँ शाखा विस्तार