बुद्धनगर-बबरमहल जोड्ने पुल चर्कियो, सवारी आवागमन बन्द

काठमाडौं । काठमाडौंको धोबीखोलास्थित बुद्धनगर-बबरमहल जोड्ने पुलमा आवागमन बन्द गरिएको छ ।

केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौँ महानगरपालिका-१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले भने, ‘वर्षाका कारण धोबीखोलामा पानी बढेकाले पुल चर्किएको छ, पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको हो ।’

रसुवागढी जाने ठूला सवारी संचालनमा रोक, १५० बढी कन्टेनर रोकिए Read Previous

रसुवागढी जाने ठूला सवारी संचालनमा रोक, १५० बढी कन्टेनर रोकिए

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट