काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीओ)मा मागभन्दा ५१०.१३ गुणा धेरै आवेदन परेको छ ।
सीडीएस एण्ड क्लियरिङका अनुसार लघुवित्तको एफपीओमा कुल २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताका लागि १६ लाख ५६ हजार ८२६ जनाले आवेदन दिएका छन् । यद्यपि, अन्तिम तथ्यांक नआइसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने सीडीएसले जनाएको छ ।
लघुवित्तको एफपीओ भर्ने मध्ये ९९.७२ प्रतिशत आवेदकले नपाउने भएका छन् । लघुवित्तले जम्मा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको छ ।
धितोपत्र बाँडफाँट नियमावली अनुसार आवेदकलाई कम्तीमा १० कित्ताका दरले सेयर दिनुपर्ने व्यवस्था छ । सो अनुसार ४ हजार ६७२ जना अथार्त ०.२८ प्रतिशत आवेदकलाई मात्र १० कित्ताका दरले सेयर बाँडफाँट गर्न पुग्छ । बाँकी १६ लाख ५० हजार बढीको हात रित्तो हुने देखिएको छ ।
हाल ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको एफपीओ निष्काशनपछि ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ पुग्नेछ।