मंसिर २ गतेसम्म न्यूरोडमा फुटपाथ विस्तारको काम नगर्ने सहमति

काठमाडौं । आगामी मंसिर २ गतेसम्म काठमाडौंको न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको काम नगर्ने सहमति भएको छ ।

सोमबार काठमाडौं महानगरपालिका र आन्दोलनरत वडाका जनप्रतिनिधि तथा स्थानीय बीच भएको वार्तामा यस्तो सहमति भएको हो ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनीता डंगोल, वडा नं. २२ र २३ का वडाध्यक्षसहितको वार्तामा फुटपाथ विस्तारको बारेमा अध्ययन गर्न एक समिति बनाउने सहमति भएको हो ।

उक्त समितिले मंसिर २ गतेसम्म प्रतिवेदन बुझाउने र सो समयसम्म फुटपाथ निर्माण सम्बन्धी काम रोक्ने निर्णय भएको हो ।

उच्च अदालत पाटनले फुटपाथ विस्तारको बाटो खोलिदिएसँगै महानगरले साउन २ गतेदेखि न्यूरोड क्षेत्रमा काम थालेको थियो । महानगरको उक्त कार्यविरुद्ध जनप्रतिनिधि सहित स्थानीय आन्दोलित भएपछि महानगरले सहमति गरेको हो ।

वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ३६ प्रतिशत कम राजस्व Read Previous

वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ३६ प्रतिशत कम राजस्व

सूर्योदय वोमी लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन Read Next

सूर्योदय वोमी लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन