नेप्सेमा ६२ अंकको उतरचढाव, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा तीव्र उतरचढाव आएको छ । बजार खुल्ने बित्तिकै १५ अंकले बढेको नेप्से दिउँसो ३५ अंकले घटेको थियो भने अन्त्यमा २ अंकले बढेर बन्द भएको हो ।

इन्ट्राडेमा नेप्से परिसूचक २५०४ बिन्दुसम्म पुगेको थियो । प्रफिट बुक गर्ने र खरिदकर्ता बीच तीव्र मोलमोलाइ हुँदा नेप्सेमा ६२ अंकको उतरचढाव आएको थियो ।

सोमबार नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ बिन्दुमा पुगेको छ । ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता सेयर किनबेच भएको छ ।

सूचकमा झिनो वृद्धि भए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ३० करोड रुपैयाँले घटेर १३ अर्ब ९१ करोडमा सीमित भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ५ को घटेको छ । उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक २.१६ प्रतिशतले बढेको छ भने बैंकिङ १.२३ प्रतिशतले घटेको छ ।

आज हिमालयन रि इन्स्योरेन्सकोे सर्वाधिक कारोबार भएको छ । यसको ३६ करोड ३९ लाख रुपैयाँ बढीको ५ लाख ६५ हजार ६४३ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ३४ करोड ७८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको मूल्य घटेको छ ।

झिनो अंकले बढेको बजारमा मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, नेपाल फाइनान्स ८.६७ प्रतिशत, छ्याङ्दी हाइड्रोपावर ७.९० प्रतिशत, बलेफी हाइड्रोपावर, रिडी पावर, समताघरेलु लघुवित्त लगायत आधादर्जन कम्पनीकाे सेयर मूल्य ६ प्रतिशतले बढेको छ ।

आज गणपति लघुवित्तका सेयरधनीले भने सर्वाधिक ९.९४ प्रतिशत गुमाएका छन् ।

उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव संकलन अभियान सुरू Read Previous

उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव संकलन अभियान सुरू

बजारमा अझै बढ्न सकेन उपभोग्य वस्तुको माग, आयात १९ अर्बले घट्यो Read Next

बजारमा अझै बढ्न सकेन उपभोग्य वस्तुको माग, आयात १९ अर्बले घट्यो