नागरिक लगानी कोषको सेयर बेच्दै एनआइसी एसिया, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक (प्रमोटर) सेयर लिलामीमा आएको छ ।

एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको कोषको उक्त सेयर लिलामीमा ल्याएको हो ।

उक्त सेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र बोलपत्र पेस गर्नसक्नेछन् । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । त्यस्तै, सेयरको भाउ न्यूनतम ७०७ रुपैयाँभन्दा घटाउन पाइने छैन् ।

कोषको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले साउन १४ गतेभित्र एनआइसी क्यापिटल थापाथली, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय, थापाथलीका साथै शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ ।

तिलिचो ताल जोड्ने २३ किमी पदमार्ग निर्माण Read Previous

तिलिचो ताल जोड्ने २३ किमी पदमार्ग निर्माण

उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव संकलन अभियान सुरू Read Next

उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव संकलन अभियान सुरू