सेनाले काठमाडौंमा संचालनमा ल्यायो अर्को पेट्रोलपम्प

काठमाडौं । नेपाली सेनाले काठमाडौं महानगरपालिका-१३ स्थित बाहिटी, सितापाइलामा पेट्रोलपम्प सञ्चालनमा ल्याएको छ।

सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा सेनाले शुक्रबारदेखि रिपुमर्दिनी पेट्रोलपम्प सञ्चालनमा आएको हो।

उक्त उक्त पम्पको उद्घाटन प्रधान सेनापति प्रभुराम शर्माले गरे । उक्त पम्पमा ५० हजार लिटर पेट्रोल र ५० हजार लिटर भण्डारण क्षमता छ ।

नेपाली सेनाको कोषमार्फत हाल काठमाडौंको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रूपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा पम्पहरू सञ्चालनमा छन्।

त्यसैगरी, प्रधान सेनापति शर्माले छाउनीमा २० परिवार क्षमताको अधिकृत परिवार आवास गृह समेत उद्घाटन गरेका छन्।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने ३ दलको निर्णय Read Previous

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने ३ दलको निर्णय

साउन २४ देखि हकप्रद सेयर बिक्री गर्दै हिमालय ऊर्जा Read Next

साउन २४ देखि हकप्रद सेयर बिक्री गर्दै हिमालय ऊर्जा