प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने ३ दलको निर्णय

काठमाडौं । संसदका तीन दलले प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बैठकले यस्तो निर्णय गरेको हो ।

संसदमा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र समाजवादीका १० सांसद रहेका छन् ।

तत्कालीन माओवादी, रास्वपासहित दलको गठबन्धन तोड्दै एमाले अध्यक्ष ओली काँग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री बनेको थिए ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।

प्राधिकरणले व्यवसायीलाई अनावश्यक दुःख दिनुहुँदैन : ऊर्जामन्त्री खड्का Read Previous

प्राधिकरणले व्यवसायीलाई अनावश्यक दुःख दिनुहुँदैन : ऊर्जामन्त्री खड्का

सेनाले काठमाडौंमा संचालनमा ल्यायो अर्को पेट्रोलपम्प Read Next

सेनाले काठमाडौंमा संचालनमा ल्यायो अर्को पेट्रोलपम्प