विद्युत् महसुल विवाद समाधान गर्न प्रधानमन्त्रीले सरोकारवालालाई डाके छलफलमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र उद्योगी बीचको विद्युत् महसुल विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवाला पक्षलाई संयुक्त छलफलमा बोलाएका छन् ।

विगत लामो समयदेखि गिजोलिएको यो विषयको समाधान निकाल्न प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो दुवै पक्षलाई संयुक्त छलफलमा बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले छलफलका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उद्योगीहरूलाई बालुवाटार बोलाएका छन् ।

यसअघि ऊर्जा मन्त्री खड्काले उद्योगी र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई एकै ठाउँमा राखेर छलफर गरे पनि समस्या समाधन हुन सकेको थिएन । दुवै पक्ष आ-आफ्नो अडानमै रहेकाले समस्या झनै लम्बिँदै गएपछि प्रधानमन्त्री आफैले छलफलमा बोलाएका हुन् ।

प्राधिकरणले असार ९ गते ६१ उद्योगलाई पत्र काट्दै १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्न भनेको थियो । तर, उद्योगीले सो समय भित्र बक्यौता नतिरेपछि असार अन्तिमसाता ६ उद्योगको लाइन काटेको थियो । त्यसपछि यो विवाद झनै चर्किएको छ ।

यता उद्योगीले भने प्राधिकरणले बिना प्रमाण फर्जी बिल पठाएको र टीओडी मिटरको प्रमाण अनुसार आफूहरू महशुल तिर्न तयार रहेको बताउँदै आएका छन् । उनीहरूले सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको जाँजबुझ आयोगको सिफारिस कार्यान्वयन गर्न माग गरेका छन् ।

सिटिजन्स बैंकका ग्राहकले बुद्ध एयरमा १२ प्रतिशतसम्म छुट पाउने Read Previous

सिटिजन्स बैंकका ग्राहकले बुद्ध एयरमा १२ प्रतिशतसम्म छुट पाउने

अतिरिक्त समयमा सेवा सञ्चालन गर्न अस्पताललाई मन्त्रालयको आग्रह Read Next

अतिरिक्त समयमा सेवा सञ्चालन गर्न अस्पताललाई मन्त्रालयको आग्रह