सेयर बजारमा उछाल, यी ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । सोमबार १७ अंकले करेक्शन आएको नेप्सेमा आज ७० अंकले बढेको हो ।

मंगलबार नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ बिन्दुमा पुगेको छ । यो पछिल्लो २६ महिना यताकै उच्च बिन्दु हो ।

सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम ४० करोड रुपैयाँले बढेर ९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यो पछिल्लो ७ महिना यताकै धेरै कारोबार हो ।

आज ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक ५.४५ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक ४.९४ प्रतिशतले बढेको छ ।

आज ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड ७७ लाख रुपैयाँ बढीको ६लाख ७१५ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका २३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको मात्रै घटेको छ ।

उच्च अंकले बढेको बजारमा आज ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत् र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढको छ ।

त्यसैगरी, सिक्लेस हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, रिडी पावर र अरुण भ्याली हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

मुस्ताङमा पर्यटकको बसाइ लम्ब्याउन ६ पर्यटन पूर्वाधार निर्माण Read Previous

मुस्ताङमा पर्यटकको बसाइ लम्ब्याउन ६ पर्यटन पूर्वाधार निर्माण

हिमालयन एभरेष्ट इन्स्योरेन्सले एकैपटक पायो दुई अवार्ड Read Next

हिमालयन एभरेष्ट इन्स्योरेन्सले एकैपटक पायो दुई अवार्ड