अर्थमन्त्री पुनको बिदाइमा गभर्नर अधिकारीले गरे प्रशंसा

काठमाडौं । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री वर्षमान पुन गौरवका साथ मन्त्रालयबाट बिदा भएको बताएका छन् ।

आइतबार मन्त्री पुनको बिदाइमा आयोजित कार्यक्रममा उनले बजेटमार्फत सूचना प्रविधिसहित केही नयाँ र आशा लाग्दा कार्यक्रम ल्याएको भन्दै मन्त्री पुनको प्रशंसा गरे ।

‘बजेट धेरै मिहेनत र इमान्दारीताका साथ आएको छ । आइटीसहित धेरै विषय राम्रा आएका छन् । यसमा मन्त्रालयले मार्केटिङ गर्नुपर्ने देखेको छु,’ उनले भने, ‘मलाई लाग्छ मन्त्रीज्यू मन्त्रालयबाट गौरबका साथ बिदा भइराख्नुभएको छ जस्तो लाग्छ । सहजता, सौहार्दता र नेतृत्वका लागि आभार छ । मन्त्रीज्यूको सरल व्यवहार र सौहार्दता तारिफ गर्न लायक छ ।’

राजनीतिज्ञको बिदाइमा धेरै गम्भीर हुन जरुरी नरहेको भन्दै उनले यस्ता अवसर फेरि आउन सक्ने औंल्याए । चालु आर्थिक वर्षको त्रैमाशि समीक्षा गर्दा मन्त्री पुनले दिएको सुझावलाई राष्ट्रबैंकले अनुशरण गरेको भन्दै त्यसका लागि उनले धन्यवाद दिए ।

विगतमा पनि सरकार बाहिर रहँदा पुनले संसदको अर्थसमिति वा अरु प्रक्रियामार्फत अर्थतन्त्रका लागि योगदान दिएको स्मरण गर्दै आगामी दिनमा पनि उनको योगदान रहने विश्वास व्यक्त गरे ।

बिदाई कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले मन्त्री पुनको शालिन व्यक्तित्व र भद्रपनाको मन्त्रालय परिवार प्रशंसक रहेको उल्लेख गरे ।

कर्मचारीका सुझावलाई विज्ञका सुझावका रुपमा स्वभाविक रुपमा ग्रहण गर्ने र जस्तोसुकै कठिन परिस्तिथिमा पनि नआत्तिने पुनको विशेषता लोभलाग्दो रहेको बताए । ‘हामी कर्मचारीका सुझावलाई विज्ञका सुझावका रुपमा अत्यन्तै स्वभाविक रुपमा स्वीकार गर्ने बानी छ । जस्तोसुकै परिस्थितिमा पनि नआत्तिने बानी उहाँबाट सिक्नुपर्ने बानी हो ।’

बजेट निर्माणको अन्तिम दिनहरुमा धेरै चापको समयमा समेत मन्त्री पुन मुस्कुराइरहेको देख्दा आफूहरुको हौसला बढेको स्मरण उनले गरे ।
पुनको नेतृथ्वमा अन्तर्राष्टि रुपमै महत्वपूर्ण विश्वबैंक समूहको आइडिए–२१, बैठक, तेश्रो लगानी सम्मेलन र बजेट निर्माण प्रक्रियाको कुशलतापूर्वक नेतृत्व गरेको भन्दै उनले मन्त्री पुनको प्रशंसा गरे ।

केपी ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त, सपथ भाेलि Read Previous

केपी ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त, सपथ भाेलि

न्युरोडमा फुटपाथ विस्तारको बाटो खुल्यो Read Next

न्युरोडमा फुटपाथ विस्तारको बाटो खुल्यो