काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । लगातार १०४ अंकको वृद्धिपछि सोमबार ४ अंकले करेक्शन आएको नेप्सेमा आज फेरि दोहोरो अंकको वृद्धि भएको हो ।
मंगलबार नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ बिन्दुमा पुगेको छ । सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९७ करोड रुपैयाँ बढेर ५ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।
आज ३१६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने ४ को बढेको छ । माइक्रोफाइनान्स समूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूह ०.५४ प्रतिशतले घटेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड ७७ लाख रुपैयाँ बढीको २ लाख ७० हजार १५४ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका मध्ये १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ ।
बढ्दो बजारमा आज दुई लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गणपति माइक्रोफाइनान्स र आत्म निर्भर लघुवितको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यसैगरी, बुद्ध भूमि नेपाल, युनिक नेपाल लघुवित्त र सबैको लघुव्त्तिको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज नेपाल फाइनान्सका सेयरधनीले भने सर्वाधिक ४ प्रतिशत गुमाएका छन् ।