काठमाडौं । प्रभु बैंकको सवा ३ लाख बढी कित्ता संस्थापक (प्रमोटर) सेयर लिलामीमा आएको छ ।
बैंकले विद्यमान १० जना संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ३३ हजार ७९८ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।
बैंकका अनुसार कोपिला ढुंगानाको नाममा रहेको १८ हजार, २९५ कित्ता, गंगाराम महर्जन २४ हजार ७०३, मदन लाल जैन ३९ हजार ४०५, राजकुमार पोखरेल ९९ हजार ८१९, महेश बहादुर बस्नेत ३८ हजार ६४५, गोविन्द प्रसाद ज्ञवाली १६ हजार ७०६, राजश शर्मा दाहाल ३२ हजार ८०२, अनिल राज पौडेल ८ हजार, दिनेश अर्याल ३५ हजार ७२१ र ताराप्रसाद पोखरलेको ७०२ कित्ता सेयर लिलामीमा ल्याइएको हो ।
उक्त सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । संस्थापक सेयरधनीले नकिनेमा दोस्रो चरणमा सर्वसाधरणका लागि बिक्रीमा ल्याइने बैंकले जनाएको छ ।
बैंकको सेयर किन्न इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।
बिक्री मूल्य भने बिक्रेता अनुसार फरक फरक रहेकाले बैंकको केन्द्रय कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
इच्छुक लगानीकर्ताले आजको ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।