काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि बुकक्लोज तोकेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रदका लागि साउन १ गते बुकक्लोज तोकेको हो । सो अनुसार असार ३१ गतेसम्म कायम रहने सेयरधनीले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
कम्पनीले यसै साता मात्रै नेपाल धितोपत्र बोर्डबाट १:१.५ अनुपातमा हकप्रद निष्काशनको अनुमति पाएको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँँ दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।
कम्पनीले नयाँ आयोजना र बैंकको ऋण तिर्न हकप्रद जारी गर्न लागेको हो ।
हाल ८० करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब रुपैयाँ पुग्नेछ ।