नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । अघिल्ला ३ कारोबार दिनमा लगातार ३४ अंकले घटेको नेप्से आज १६ अंकले फर्केको हो ।

सोमबार नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ बिन्दुमा पुगेको छ । सूचकमा सुधार आए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनकाे तुलनामा कारेबार रकम ५२ करोडले घटेर २ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ ।

आज ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये फाइनान्स र उत्पादनमूलक बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । बैंकिङ समूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले बढेको छ भने फाइनान्स समूह ०.८३ प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड १३ लाख रुपैयाँ बढीको २ लाख १६ हजार ८४३ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको घटेको छ ।

बढ्दोे बजारमा हिमालयन ऊर्जा विकास कम्पनीका सेयरधनीले सर्वाधिक ९.७४ प्रतिशत कमाएका छन् । त्यसैगरी, दोर्दी खोला हाइड्रोपावर ८.४७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंक ७.५२ प्रतिशत, हपर हेवा खोला र दोल्ती पावरको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरै बढेको छ ।

नेपाल फाइनान्सका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

चौबिसै घण्टा खुला भएपछि चलायमान बन्दै ठमेल र दरबारमार्गको व्यवसाय, बिक्री दोब्बर बढ्यो Read Previous

चौबिसै घण्टा खुला भएपछि चलायमान बन्दै ठमेल र दरबारमार्गको व्यवसाय, बिक्री दोब्बर बढ्यो

बैंकिङ प्रणालीमा थुप्रियो पैसा, ६३ खर्ब नाघ्यो निक्षेप Read Next

बैंकिङ प्रणालीमा थुप्रियो पैसा, ६३ खर्ब नाघ्यो निक्षेप