नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गत साता १६ अंकले घटेको नेप्से यस साता पहिलो दिनमै १४ अंकले घटेको हो । पछिल्ला ३ कारोबार दिनमै नेप्से ३४ अंकले घटेको छ ।

आइतबार नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ बिन्दुमा आइपुगेको छ । आज ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये २ समूहको परिसूचक बढेको छ भने १० को घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ०.३४ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स समूह १.३७ प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड ८८ लाख रुपैयाँ बढीको १ लाख ४१ हजार ९३७ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये ४९ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ ।

घट्दो बजारमा मुक्तिनाथ कृषि कम्पनीका सेयरधनीले सर्वाधिक ७.०६९ प्रतिशत कमाएका छन् भने मनकामना स्मार्ट लघुवित्तका सेयरधनीले ९.३ प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, साधना लघुवित्तको ८.७७ प्रतिशत, गणपति माइक्रोफाइनान्स, मन्दाकिनी हाइड्रोपाव र माउन्टेन हाइड्रको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरै घटेको छ ।

काठमाडौंका ३६ अस्पातलको छैन आफ्नै फार्मेसी, टेरेनन् महानगरकाे निर्देशन Read Previous

काठमाडौंका ३६ अस्पातलको छैन आफ्नै फार्मेसी, टेरेनन् महानगरकाे निर्देशन

देशभर फस्टाउँदै धरानको बेसार,  वार्षिक ४५ करोडभन्दा बढीको बिक्री Read Next

देशभर फस्टाउँदै धरानको बेसार, वार्षिक ४५ करोडभन्दा बढीको बिक्री