पोखरामा सडक भासियो, सवारी आवागमनमा समस्या

गण्डकी । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो । अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडकखण्ड भासिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

उक्त स्थानबाट करिब १० मिटर अगाडिको सडकको दायाँतर्फ करिब ७ मिटर लम्बाइ र करिब एक मिटर चौडाइ भासिएको उनले जानकारी दिए । सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयास भइरहेको उनले बताए । रासस

कोशी प्रदेश सरकारले २ करोड खर्चेर ट्रक पार्किङ स्थल बनाउने Read Previous

कोशी प्रदेश सरकारले २ करोड खर्चेर ट्रक पार्किङ स्थल बनाउने

व्यवसायको प्रकृति अनुसार मनोरञ्जन कर तिर्न स्थानीय तहलाई आग्रह Read Next

व्यवसायको प्रकृति अनुसार मनोरञ्जन कर तिर्न स्थानीय तहलाई आग्रह