लाभांश प्रयोजनका लागि नागरिक लगानी कोषले तोक्यो बुकक्लोज

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले असार ३१ गते २९औं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको १४ प्रतिशत बोनस सेयर र कर प्रप्रयोजनार्थ ०.७३ प्रतिशत नगद गरी कुल १४.७३ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

त्यस्तै, कम्पनीले सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा(नोक्सान हिसाब पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायत एजेन्डा लैजाने छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि असार २० गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार असार १९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

अबण्डामा २ खर्ब राखिएको छैन, अर्थलाई ४८ अर्ब मात्र विनियोजन गरिएको छ : अर्थमन्त्री पुन Read Previous

अबण्डामा २ खर्ब राखिएको छैन, अर्थलाई ४८ अर्ब मात्र विनियोजन गरिएको छ : अर्थमन्त्री पुन

लचिलो मौद्रिक नीति ल्याउने गभर्नर अधिकारीको संकेत Read Next

लचिलो मौद्रिक नीति ल्याउने गभर्नर अधिकारीको संकेत