कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थलको धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वे लगायत निर्माण गर्नलाई दैनिक १० घण्टा बन्द गरिने भएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म विमानस्थल दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) बन्द गरिने छ ।

सो अवधिभर विमानस्थल दैनिक १४ घण्टा मात्रै संचालन हुने कार्यालयको सूचनामा उल्लेख छ ।हाल त्रिभुवन विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म संचालन हुँदै आएको छ ।

काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै अब वायुसेवा कम्पनीहरूले आफ्नो निर्धारित उडान समय परिमार्जन गनुपर्छ ।

एमसीसीको पैसा हुन सकेन खर्च, ७० प्रतिशत बजेट सरेन्डर Read Previous

एमसीसीको पैसा हुन सकेन खर्च, ७० प्रतिशत बजेट सरेन्डर

रसुवाकै ठूलो माथिल्लो त्रिशूली-१ निर्माण तीव्र गतिमा Read Next

रसुवाकै ठूलो माथिल्लो त्रिशूली-१ निर्माण तीव्र गतिमा