आइपीओकै भाउमा निफ्राको १० लाख कित्ता सेयर लिलामीमा आयो, कहाँबाट दिने आवेदन ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता संस्थापक (प्रमोटर) सेयर आजदेखि लिलामीमा आएको छ ।

एनआइसी एशिया बैंकले आफ्नो नाममा रहेको बैंकको सेयर आजदेखि लिलामीमा ल्याएको हो ।

उक्त सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनी, जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् ।

बैंकको सेयर किन्न इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

खरिदकर्ताले न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ घटाउन पाइने छैन ।

इच्छुक लगानीकर्ताले असार १७ गतेभित्र एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, मोरङ, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा आवेदन दिनुपर्नेछ ।

सिटिजन लाइफ इन्स्योरेन्सको 'सिटिजन बचत वृद्धि' योजना सार्वजनिक Read Previous

सिटिजन लाइफ इन्स्योरेन्सको 'सिटिजन बचत वृद्धि' योजना सार्वजनिक

नागढुङ्गा सुरुङमार्गको ७६ प्रतिशत काम सकियो, धमाधम फ्लाइओभर निर्माण हुँदै Read Next

नागढुङ्गा सुरुङमार्गको ७६ प्रतिशत काम सकियो, धमाधम फ्लाइओभर निर्माण हुँदै