हिमालयन बैंकले एफपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । हिमालयन बैंकले फरदर पब्लिक अफरङि (एफपीओ) जारी गर्ने भएको छ । बैंकले संस्थापक र सर्वसाधरणको सेयर अनुपात मिलाउन एफपीओ निष्कासन गर्ने भएको हो ।

बैंकले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्तलाई नियुक्ति गरेको छ ।

उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा र सिटिजन्सका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतासँगै हिमालयन बैंकको एफपीओ निष्कासन सम्बन्धी सबै काम सिटिजन्स क्यापिटलले गर्नेछ ।

बैंकले यसअघि गत पुसमा सम्पन्न ३१ औं वार्षिक साधरण सभाबाट एफपीओ सम्बन्धी प्रस्ताव पारित गरिसकेको छ ।

गत वर्ष सिभिल बैंकलाई गाभेर एकीकृत कारोबार थालेको हिमालयनले आफ्नो कुल सेयर पूँजीमा आवश्यक सर्वसाधारण सेयरधनीको सेयर अनुपात मिलाउन एफपीओ निष्कासन गर्ने भएको हो । बैंकले एफपीओको संख्या र प्रिमियम रकम भने खुलाएको छैन ।

 

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन विमानस्थलमा Read Previous

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन विमानस्थलमा

कुलेखानीमा जलसतह २२ वर्ष यताकै कम, बिजुली उत्पादन ६० बाट २० मेगावाटमा झर्‍यो Read Next

कुलेखानीमा जलसतह २२ वर्ष यताकै कम, बिजुली उत्पादन ६० बाट २० मेगावाटमा झर्‍यो