सूर्यज्योति लाइफबाट बाहिरिँदै एनआइसी एसिया, प्रतिकित्ता २१० रुपैयाँ सेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक (प्रमोटर) सेयर लिलामीमा आएको छ ।

एनआइसी एशिया बैंकले आफ्नो नाममा रहेको उक्त सेयर आजदेखि लिलामीमा ल्याएको हो ।

उक्त सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनी, जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् ।

इन्स्याेरेन्सको सेयर किन्न इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

खरिदकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ घटाउन पाइने छैन ।

इच्छुक लगानीकर्ताले असार ११ गतेभित्र एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा आवेदन दिनुपर्नेछ ।

श्रीलंकाको अर्थतन्त्रमा अपेक्षाभन्दा धेरै सुधार, पहिलो त्रैमासमा ५.३ प्रतिशतको वृद्धि Read Previous

श्रीलंकाको अर्थतन्त्रमा अपेक्षाभन्दा धेरै सुधार, पहिलो त्रैमासमा ५.३ प्रतिशतको वृद्धि

जथाभावी सडक खन्दा छोटिँदै पदमार्ग, नयाँ पदमार्ग खोज्दै टान Read Next

जथाभावी सडक खन्दा छोटिँदै पदमार्ग, नयाँ पदमार्ग खोज्दै टान