आन्दोलनरत ट्यांकर चालक र सरकार बीच सहमति जुट्यो, आजैदेखि ढुवानी सुरू

काठमाडौं । आन्दोलनरत नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकार बीचको छलफल सहमतिमा टुंगिएको छ ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा सरकारले ट्यांकर चालकहरुको माग पूरा गर्ने प्रतिबद्धता जनाएसँगै आन्दोलन टुंगिएको हो ।

सहमति अनुसार सरकारले चालकहरूको समस्या सम्बोधन गर्न १५ दिन भित्र प्रतिवेदन बुझाउने गरी नेपाल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

त्यस्तै, चालकहरूले आन्दोलन स्थगित गर्दै आजैदेखि पेट्रोलियम पद्धार्थ ढुवानी सुरु गर्ने सहमति भएको छ । यससँगै थानकोट डिपोबाट अब निजी पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको ढुवानी सुरू हुनेछ ।

त्यसैगरी, नेपाल आयल निगमले व्यवसायीहरुलाई दिँदै आएको पारिश्रमिक र सुविधा ट्याङ्कर चालक/सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकलाई उपलब्ध गराउने प्रतिबद्धता व्यवसायीले गर्नेगरी सहमति भएको छ ।

ट्यांकर चालकहरूको आन्दोलनका कारण आइतबारदेखि काठमाडौं उपत्यकामा पेट्रोलियम पद्धार्थको अभाव भएको थियो भने सोमबार सरकारी बाहेक निजी सबै पेट्रोल पम्प बन्द भएका थिए । निजी पम्प बन्द भएपछि नेपाल आर्मी, प्रहरी र सशस्त्रको पेट्रोल पम्पमा सर्वसाधरणमो लामो लाइन लागेको थियो ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले ७ बुँदे माग राख्दै शनिबारदेखि आन्दोलन थालेको थियो । शनिबार कालोपट्टी बाँधेर इन्धन ढुवानी गरेका चालकहरूले सोमबारदेखि ढुवानी नै ठप्प बनाएका हुन् ।

ट्याङ्कर चालकहरूले सम्पूर्ण ट्यांकर चालकरसहचालक मजदुरहरूलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने, टेम्परेचरको सही व्यवस्थापन गरिनुपर्ने माग राखेका थिए ।

त्यस्तै, सामाजिक सुरक्षा कोषमा आबद्धता गर्नुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने, चालक तथा सहचालकलाई प्रत्येक तीन महिनामा सुरक्षा सतर्कता सम्बन्धी तालिमको व्यवस्था गरिनुपर्ने माग राखेका थिए ।

सुनकोशी पुलमा चरम लापारबाही, ७ वर्षमा बनाएको पिल्लर पुल नबन्दै बाङ्गियो Read Previous

सुनकोशी पुलमा चरम लापारबाही, ७ वर्षमा बनाएको पिल्लर पुल नबन्दै बाङ्गियो

गण्डकीमा आगामी वर्ष भित्रै संचालनमा ल्याइँदै तीन औद्योगिक ग्राम Read Next

गण्डकीमा आगामी वर्ष भित्रै संचालनमा ल्याइँदै तीन औद्योगिक ग्राम