धितोपत्र बोर्ड अध्यक्ष छनोटका लागि अब फेरि असार ५ गते अन्तर्वार्ता हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि अब असार ५ गते अन्तर्वार्ता तथा प्रिजेनटेसन हुने भएको छ ।

बोर्ड अध्यक्षका लागि सर्टलिस्टमा परेका ५ जनालाई आज अन्तवार्ता तथा कार्ययोजना प्रस्तुतीकरणका लागि आज बोलाइएको थियो । तर, प्रतिस्पर्धी मध्ये दुई जना मात्रै उपस्थिति भएका थिए ।

आज उपस्थित नभएकाहरूलाई बुधबार बिहान ९ बजे बोलाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बनेको समितिले बोर्ड अध्यक्षका लागि सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, कृष्ण बहादुर कार्की, डा. नवराज श्रेष्ठ र पूर्व अध्यक्ष चिरञ्जीवि चापागाईं सर्टलिस्ट गरेको थियो । तीमध्ये आज सन्तोष नारायण र मुक्तिनाथ मात्रै उपस्थित भएका थिए भने अरु ३ जना अनुपस्थित भएका थिए ।

नेपाल धितोपत्र बोर्ड ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ। समितिले यसरी सिफारिस गरेको नामको आधारमा सरकारले एक जनालाई नियुक्ति गर्नेछ ।  

विनियोजन विधेयक अन्तर्गत तीन मन्त्रालयका शीर्षकमा छलफल सकियो Read Previous

विनियोजन विधेयक अन्तर्गत तीन मन्त्रालयका शीर्षकमा छलफल सकियो

पहिराले मुग्लिन-मलेखु सडक अवरुद्ध Read Next

पहिराले मुग्लिन-मलेखु सडक अवरुद्ध