
काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको जेठ ३२ गते बसेको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश गरी १४.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश अर्थमन्त्रालयको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।