हाइड्रोमा सर्वसाधरणको विकर्षण, प्रमोटर भने हौसिँदै

"५ महिनामा ५० अर्ब लगानी प्रतिवद्धता"

काठमाडौं । पछिल्लो समय सर्वसाधरण हाइड्रोपावरमा लगानी गर्न अनुच्छुक देखिएका छन् । हाल संचालनमा रहेको अधिकांश कम्पनीहरु घाटामा रहेका छन् ।

 

तर, संस्थापक लगानीकर्ता भने हाइड्रोमा लगानीलाई गर्न आकर्षित भएकाे देखिन्छ । चालू आर्थिक वर्षको पाँच महिनामा मात्रै हाइड्रोमा कूल ५० अर्ब लगानी प्रतिवद्धता आएको छ ।

 

 

यस अविधमा २२ वटा हाइड्रोपावर कम्पनीहरु दर्ता भएका छन् । २ सय ५१ मेगावाट विद्युत उत्पादन क्षमता भएका विभिन्न १८ कम्पनीहरु स्वदेशी लगानीमै दर्ता भएका हुन् ।

 

उद्योग विभागको तथ्यांक अनुसार चालू आवको मंसिर २४ गतेसम्ममा कूल ४९ अर्ब ९७ करोड रुपैयाँ लागत बराबरको हाइड्रोवार कम्पनीहरु दर्ता भएको हुन् । आन्तरीक लगानीका कूल १८ कम्पनीले वर्षिक २ सय ५१ मेगावाट विद्युत उत्पादन गर्ने गरी कम्पनी दर्ता गराएका छन् ।

 

यस्तै, वैदेशिक लगानीमा ४ वटा हाइड्रोपावर कम्पनी दर्ता भएका छन् । वैदेशिक लगानीमा ५ अर्ब ९९ करोड रुपैयाँ लागत बराबरका कम्पनीहरु दर्ता भएको विभागको तथ्यांकले देखाएको छ ।

 

कूल ३२ अर्ब ९९ करोड ६८ लाख रुपैयाँ लागत बराबरका ठूला हाइड्रोपावर कम्पनीहरु दर्ता भएका छन् । त्यसमा १६ अर्ब ९६ करोड रुपैयाँ बराबरका १० मेगावाटभन्दा कम मेगावाटका विद्युत उत्पादन गर्ने हाइड्रोपावर कम्पनीहरु दर्ता भएका हुन् ।१० मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्ने झण्डै ९ वटा कम्पनीहरु पछिल्लो समय दर्ता भएका छन् ।

 

१० मेगावाटभन्दा बढी विद्युत उत्पादन क्षमताका आयोजना

 

दर्ता भएका कम्पनीहरुमा सबैभन्दा धेरै मेगावाट विद्युत उत्पादनका लागि अपर वलेफी हाइड्रोपावर कम्पनी दर्ता भएको छ । सो कम्पनीले सिन्धुपाल्चोकमा वार्षिक ४६ मेगावाटसम्म विद्युत उत्पादन गर्ने गरी कम्पनी दर्ता गरेको हो । उक्त कम्पनीले ५ अर्ब ८० करोड रुपैयाँ लगानीमा विद्युत उत्पादन बताइएको छ ।

 

भिजन लुम्बिनी उर्जा कम्पनीले कास्कीमा वार्षिक २४ मेगावाटसम्म विद्युत उत्पादन गर्ने गरी कम्पनी दर्ता गराएको छ । उक्त कम्पनीले ४ अर्ब ६९ करोड ४९ लाख रुपैयाँ लगानीमा विद्युत उत्पादन गर्न लागेको हो ।

 

मादमे खोला हाइड्रोपावर कम्पनीले कास्कीमा २४ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । उक्त उद्योगले ३ अर्ब ६१ करोड ३४ लाख रुपैयाँ लगानीमा विद्युत उत्पादन गर्न लागेको हो । सो हाइड्रोपावर संचालनपछि ६५ जनाले रोजगार पाउने बताइएको छ ।

 

मिलारोपा इनर्जी कम्पनीले सिन्धुपालचोकमा २६.६ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । उक्त उद्योगले ४ अर्ब ४ करोड लगानीमा विद्युत उत्पादन गर्नेछ । उद्योग सञ्चालन पश्चात ३० जनाले रोजगार पाउने छन् ।

 

संयुक्त उर्जाले म्याग्दीमा विद्युत उत्पादन गर्ने भएको छ । कम्पनीले २१.३० मेगावाट विद्युत उत्पादन गर्नेगरी कम्पनी दर्ता गरेको हो । सो कम्पनी ३ अर्ब ५३ करोड ७० लाख रुपैयाँ लगानीमा विद्युत उत्पादन हुने गरी दर्ता भएको हो ।

 

हाइड्रो कनेक्सन नामक कम्पनीले सोलुखुम्बुमा १८ मेगावाटको विद्युत उत्पादन गर्ने भएको छ । उक्त कम्पनीले ३ अर्ब १२ करोड ४५ लाख रुपैयाँ लगानीमा विद्युत उत्पादन गर्ने गरी कम्पनी दर्ता गरेको हो । सो उर्जा कम्पनीले सञ्चालनपछि ६८ जनाले रोजगार पाउने आनुमान गरिएको छ ।

 

काङ हाइड्रोपावर कम्पनीले ताप्लेजुङमा विद्युत उत्पादन गर्ने भएको छ । कम्पनीले १७.८५ मेगावाट विद्युत उत्पादन गर्ने गरी दर्ता गराएको छ । ३ अर्ब ३२ करोड ५७ लाख रुपैयाँ लगानीमा बन्न लागेको सो हाइड्रोपावरले सञ्चालनपछि ५२ जनालाई रोजगार दिने छ ।

 

माउन्ट रसुवा हाइड्रोपावरले लम्जुङमा विद्युत उत्पादन गर्ने भएको छ । उक्त हाइड्रोपावर कम्पनीले वार्षिक १६ मेगावाट विद्युत उत्पादन गर्ने गरी कम्पनी दर्ता गरेको हो । ३ अर्ब १६ करोड ३० लाख रुपैयाँ लगानीमा सञ्चालनमा आउन लागेको उक्त कम्पनीले ३१ जनालाई रोजगार दिने भएको छ ।

 

वारपाक दरौँदी हाइड्रोपार कम्पनीले गोर्खामा १० मेगावाटको विद्युत उत्पादन गर्ने भएको छ । १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ लगानीमा बन्न लागेको उक्त कम्पनीले सञ्चालन पछि ४५ जनालाई रोजगार दिने छ ।

 

१० मेगावाटभन्दा कम क्षमताका आयोजना

 

हाइड्रोपावर करर्नरले रसुवामा ९ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । सो कम्पनीले १ अर्ब ७४ करोड १४ लाख रुपैयाँ लगानीमा कम्पनी सञ्चालन गर्न लागेको हो । कम्पनी सञ्चालन आएपछि ३२ जनाले रोजगार पाउने छन् ।

 

जुरिम्वा हाइड्रोपावर कम्पनीले सिन्धुपालचोकमा ७.६३ मेगावाटको विद्युत उत्पादन गर्ने भएको छ । १ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ लगानीमा बन्न लागेको सो कम्पनीले सञ्चालनपछि ३१ जनालाई रोजगार दिनेछ ।

 

चम्पावली हाइड्रोपावर कम्पनीले ७ मेगावाटको विद्युत उत्पादन गर्ने भएको छ । गोर्खामा १ अर्ब ३३ करोड लगानीमा बन्न लागेको उक्त कम्पनीले १७ जनालाई रोजगार दिने भएको हो ।

 

हिमपर्वत हाइड्रोपावर कम्पनीले ५.५ मेगावाटको विद्युत उत्पादन गर्ने भएको छ । दोलखामा ९७ करोड लगानीमा बन्न लागेको उक्त कम्पनीले ५४ जनालाई रोजगार दिने छ ।

 

यस्तै दोलखामै कालिन्चोक हाइड्रोपावरले अर्को ५ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । ८५ करोड लगानीमा बन्ने उक्त कम्पनीले ५२ जनालाई रोजगार दिने भएको छ ।

 

मिल्के जलजले हाइड्रोपावर कम्पनीले संखुवासभामा ४.९९ मेगावाटकोृ विद्युत उत्पादन गर्ने भएको छ । ९० करोड लगानीमा बन्ने उक्त कम्पनीले २१ जनालाई रोजगार दिने भएको हो ।

 

संखुवासभामै माबिलुङ्ग इनर्जीले ४.९५ मेगावाटको विद्युत उत्पादन गर्ने भएको छ । ८७ करोड लगानीमा बन्ने उक्त कम्पनीले १५ जनालाई रोजगार दिने भएको छ ।

 

अम्बे हाइड्रोपावर कम्पनीले ३.७५ मेगावाटको विद्युत उत्पादन गर्ने भएको छ । ६६ करोड लगानीमा बन्न लागेको उक्त हाइड्रोपावर कम्पनीले कास्कीमा विद्युत उत्पादन गर्न लागेको हो । कम्पनीले सञ्चालन पछि २४ जनालाई रोजगार दिने भएको छ ।

 

चिसाङग हाइड्रोपावरले १.८ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । उक्त कम्पनीले मोरङमा विद्युत उत्पादन गर्न लागेको हो । ३० करोड लगानीमा बन्ने उक्त कम्पनीले ३१ जनालाई रोजगार दिनेछ ।

मार्चदेखि निगमले नारिता र ग्वाङ्जाओ उडान गर्ने Read Previous

मार्चदेखि निगमले नारिता र ग्वाङ्जाओ उडान गर्ने

सीता एयरलाइन्सको भद्रपुर-ताप्लेजुङ उडान शुरु Read Next

सीता एयरलाइन्सको भद्रपुर-ताप्लेजुङ उडान शुरु