नेप्सेमा उच्च अंकको वृद्धि, परिसूचक २१०० बिन्दु माथि उक्लियो

काठमाडौं । सेयर बजारमा लगातार वृद्धि भएको छ । सोमबार झण्डै ९ अंकले बढेको नेप्से आज ३३ अंकले बढेको हो ।

मंगलबार नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ बिन्दुमा पुगेको छ । सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६ करोड रुपैयाँ बढेर ५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

आज ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशतले बढेको छ । त्यस्तै, निर्जीवन बीमा, फाइनान्स, हाइड्रोपावर र व्यापार समूहको परिसूचक २ प्रतिशतभन्दा धेरै बढेको छ ।

आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ३६ करोड ३० लाख रुपैयाँको ५ लाख २५ हजार १८५ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको मात्र घटेको छ ।

बढ्दो बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर, बरुण हाइड्रोपावर, ग्रीन भेन्चर्स, भगवती हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ ।

बढ्दो बजारमा आज सामलिङ पावरका सेयरधनीले भने सर्वाधिक ५.८१ प्रतिशत गुमाएका छन् ।

मध्य र पश्चिमी तराईमा तीन दिन अत्यधिक गर्मी हुने, सतर्कता अपनाउन आग्रह Read Previous

मध्य र पश्चिमी तराईमा तीन दिन अत्यधिक गर्मी हुने, सतर्कता अपनाउन आग्रह

नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव Read Next

नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव