हिमालयन रि इन्स्योरेन्सको १५ लाख कित्ता सेयरको लकइन पिरियड सकिँदै

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको १५ लाख कित्ता सेयरको लकइन पिरियड आगामी असार १० गते सकिने भएको छ ।

कम्पनीले सामूहिक लगानी कोषहरूको लागि छुट्याइएको साधारण सेयरको लकइन पिरियड असार १० गते सकिने भएको हो ।

नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोषहरूले आइपीओमा पाएको सेयर ६ महिना लकइनमा राख्नुपर्ने व्यवस्था छ । कम्पनीको आइपीओ गत पुस ११ गते बाँडफाँट भएको थियो । साे अनुसार असार १० गते लकइन पिरियड सकिने भएको हो ।

असार ११ गतेदेखि सामूहिक लगानी कोषहरूले आफ्नो नाममा रहको हिमालयन रिको आइपीओ बिक्री गर्न पाउने छन् ।

आइएमईको लाइफको साधारण सभा सम्पन्न, लाभांश पारित Read Previous

आइएमईको लाइफको साधारण सभा सम्पन्न, लाभांश पारित

हावाहुरीले बालीनालीमा गरेको क्षतिको राहत दिन सांसदहरूको माग Read Next

हावाहुरीले बालीनालीमा गरेको क्षतिको राहत दिन सांसदहरूको माग