रासायनिक मल वितरण सम्बन्धी निर्देशिका संशोधन गरिने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरणका समस्या समाधान गर्न निर्देशिका संशोधन गर्ने भएको छ ।

अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ अनुसार मल आयात र बिक्री वितरणमा समस्या हुन थालेपछि निर्देशिका संशोधन गर्न लागिएको हो ।

संशोधनका लागि मन्त्रालयका सहसचिव एवं कृषि विकास महाशाखा प्रमुख रामकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिले असारसम्म मस्यौदा तयार गरी स्वीकृत गराएर साउनदेखि कार्यान्वयन गर्ने गरी काम गरिरहेको संयोजक श्रेष्ठले जानकारी दिए । मल आयातको व्यवस्था केन्द्रीय सरकारले मिलाएपछि वितरणको व्यवस्था प्रदेश र स्थानीय सरकारले मिलाउने गरी निर्देशिकाको मस्यौदा तयार गर्न लागिएको छ ।

पूर्वाधार निर्माणका लागि बनाइएको सार्वजनिक खरिद ऐन अनुसार मल खरिद र आयात गर्न समस्या भएकाले समाधानका लागि ऐन नै संशोधनको पहल भइरहेकोसमेत मन्त्रालयले जनाएको छ ।

२५ वटा विद्युतीय माइक्रोबस ल्याउँदै साझा यातायात, टेन्डर आह्वान Read Previous

२५ वटा विद्युतीय माइक्रोबस ल्याउँदै साझा यातायात, टेन्डर आह्वान

मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरू Read Next

मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरू