नेप्सेमा झिनो अंकको गिरावट, यी ५ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से अन्त्यमा साढे ४ अंकले घटेर बन्द भएको हो ।

आइतबार नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ ।
आज ३१३ कम्पनीको ५ अर्ब १८ करोड रुपैयाँ बढीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ को परिसूचक बढेको छ भने ८ को घटेको छ । आज होटल उपसमूहको परिसूचक सर्वाधिक २.९२ प्रतिशतले बढेको छ भने व्यापार उपसमूहको परिसूचक १.५४ प्रतिशतले घटेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ३२ करोड ३ लाख रुपैयाँको ५ लाख २ हजार ४२१ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ कम्पनीको घटेको छ ।

घट्दो बजारमा पनि आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ ।

आज बुद्ध भूमि नेपाल हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क Read Previous

वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क

विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा, ९० बढी देशका प्रतिनिधि आउने Read Next

विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा, ९० बढी देशका प्रतिनिधि आउने