आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने भएको छ ।

आँबुखैरेनी गाउँपालिका-४ साँखर ड्याम नजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ ।

उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुङ्गाहरु झार्नुपर्ने भएकाले उक्त कार्य गर्दाको समयमा सवारी साधन पूर्ण अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।

विसं २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो । हाल भासिएको सडक मर्मतका लागि काम भइरहेको छ ।

निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ । मर्स्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

मोदीको सपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज भारत जाँदै Read Previous

मोदीको सपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज भारत जाँदै

हालसम्मकै ठूलो हाइड्रोको ७५% काम सकियो, सित्तैमा १९७ मेगावाट बिजुली पाइने Read Next

हालसम्मकै ठूलो हाइड्रोको ७५% काम सकियो, सित्तैमा १९७ मेगावाट बिजुली पाइने