त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा फेरि पर्यो ‘भ्वाङ’, रोकियो उडान अवतरण

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे)मा खाल्डो (भ्वाङ) परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार रनवेको मध्य भागतिर भ्वाङ परेको हो ।

रनवेमा भ्वाङ परेपछि अहिले अन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान-अवतरण बन्द गरिएको छ ।

भ्वाङ परेको भागमा मर्मत चलिरहेको र सम्पन्न भएपछि उडान अवतरण नियमति गरिने विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल बन्द गरिएपछि काठमाडौं आएका जहाजहरू आकाशमै होल्डमा रहेका छन् भने उडानहरू पछि धकेलिएका छन् ।

यसअघि गत जेठ ११ गते धावनमार्गको कोटेश्वरतर्फको भागमा खाल्डो परेपछि करिब १ घण्टा उडान अवतरण बन्द गरिएको थियो ।

अब वैदेशिक रोजगारी सम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै Read Previous

अब वैदेशिक रोजगारी सम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै

बन्द भए चितवनका सबै इँटा उद्योग, १ अर्ब बढी नोक्सान Read Next

बन्द भए चितवनका सबै इँटा उद्योग, १ अर्ब बढी नोक्सान