नेप्सेमा झिनो गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन गिरावट आएको छ । बुधबार साढे ५ अंकले घटेको नेप्से आज झण्डै २ अंकले घटेको छ ।

बिहीबार नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७९ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम ३९ करोड बढेर आज ४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

बिहीबार ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ को परिसूचक बढेको छ भने ८ को घटेको छ । आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक २.०८ प्रतिशतले घटेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड ६८ लाख रुपैयाँको ३ लाख ६ हजार ३०० कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ कम्पनीको घटेको छ ।

घट्दो बजारमा पनि आज तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । इमर्जिङ नेपाल, भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।

आज माइ खोला हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक ६.४० प्रतिशत गुमाएका छन् ।

 

अन्तर्राष्ट्रिय मुद्रा कोषले विस्तारित कर्जा सुविधा अन्तर्गत नेपाललाई ५.५९ अर्ब दिने Read Previous

अन्तर्राष्ट्रिय मुद्रा कोषले विस्तारित कर्जा सुविधा अन्तर्गत नेपाललाई ५.५९ अर्ब दिने

धनुषामा फल्यो २३ हजार मेट्रिकटन आँप, किसानले कमाए २३ करोड बढी Read Next

धनुषामा फल्यो २३ हजार मेट्रिकटन आँप, किसानले कमाए २३ करोड बढी