आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ।

 

कम्पनी संचालक समितिको मंसिर २७ गते बसेको ८५ औं बैठकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट ६ प्रतिशत बोनस शेयर र उक्त बोनसमा लाग्ने कर वापतको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउने छन् ।

 

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख रहेको छभने बोनस वितरण पछि १ अर्ब १४ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।

भारतीय कम्पनीमा बीमा रोक्न सीमामा होर्डिङ बोर्ड Read Previous

भारतीय कम्पनीमा बीमा रोक्न सीमामा होर्डिङ बोर्ड

निजगढ विमानस्थल एक निर्विकल्प विकल्प हो,सरकार पछि हट्दैन : मन्त्री भट्टराईको अन्तर्वार्ता Read Next

निजगढ विमानस्थल एक निर्विकल्प विकल्प हो,सरकार पछि हट्दैन : मन्त्री भट्टराईको अन्तर्वार्ता