काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ ।
बैंकले साधारण सभा तथा लभांश वितरण प्रयोजनको लागि मंसिर ३० गते सोमबार बुकक्लोज गर्ने भएको छ । तसर्थ, आजसम्म कायम हुने शेयरधनीहरुले मात्र कम्पनीको लाभांश तथा साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।
कामना सेवाले पुस १७ गते १३ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले बैंकको प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यस्तै अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्वीजीशनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।