नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बिहीबार स्वरोजगार लघुवित्त वित्तीय संस्था र एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।

नेप्सेमा स्वरोजगार लघुवित्तको ७ प्रतिशत (४ लाख ३९ हजार ४०.६५ कित्ता) र एनएलजीको ५.५ प्रतिशत (८ लाख २ हजार ६०१.६९ कित्ता) बोनस सेयर सूचीकृत भएको छ ।

दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

काँकडभिट्टा-लौकही सडक स्तरोन्नति गरिँदै Read Previous

काँकडभिट्टा-लौकही सडक स्तरोन्नति गरिँदै

प्रहरीको उमेरहद अध्ययन गर्न कार्यदल गठन Read Next

प्रहरीको उमेरहद अध्ययन गर्न कार्यदल गठन