‘बजेटले निजी क्षेत्रका अधिकांश माग पूरा गरेको छ, अब कार्यन्वयन हुनुपर्छ’

"लगानी योग्य वातावरण बनाउने बजेट आयोः अध्यक्ष ढकाल"

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेट मार्फत निजि क्षेत्रका अधिकांश माग सम्बोधन भएको भन्दै कार्यान्वयनमा तीव्रता दिनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश भएका बिषयहरुमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

बजेटले लगानीको वातावरण बनाउनको लागि प्राथमिकता दिएकाृ भन्दै खुसि व्यक्त गरे । उनले भने, ‘निजि क्षेत्र बिनाको आर्थिक समृद्धि सम्भव छैन भन्ने कुरा स्थापित भएको छ। मुलूकमा बीचमा आएको अर्थतन्त्रको संकुचन सकारात्मक तरीका सुधार गर्नुपर्छ । मौद्रिक नीति पनि बजेट सँगसँगै अघि बढेको छ । निजि क्षेत्रका अधिकांश माग पुरा भएका छन् । अब कार्यन्वयन गर्नुपर्छ । सहयोगी गर्ने हामी तयार छौं ।’

अहिलेको बजेटले परम्परागत प्रक्रियाको बजेट परिवर्तन गरि नयाँ चरणको सुधार गरेको ढकालले बताए । ‘निजि क्षेत्रको सुझावलाई सबै राजनितिक दलहरुलाई राखेर अघि बढेका थिए । यो बजेटले नयाँ सुधार ल्याउँछु’ उनले भने।

लगानीको वातावरण बनाउन कानून संशोधन हुनु निकै सकारात्मक रहेको ढकालको भनाइ छ । ‘देशमा लगानीको वातावरण छैन भन्ने कुरा चिर्न सरकारले कानून परिवर्तन गर्नु सकारात्मक रहेको छ । लगाननीको वातावरण बनाउन सबै क्षेत्रले सहयोग गरेको छ ।’

‘लगानीको वातावरण बनाउन सबै दूरदराजको समेट्ने गरी इन्भेष्टमेन्ट कम्पनी बनाउनु पर्छ । बजेट मार्फत सबै क्षेत्रलाई समेटेकोमा सकारात्मक छु’ ढलालले भने ।

अर्थतन्त्र चलायमान बनाउने मौद्रिक नीति ल्याउन हामी सकरात्मक छौंः  डेपुटी गभर्नर मिश्र Read Previous

अर्थतन्त्र चलायमान बनाउने मौद्रिक नीति ल्याउन हामी सकरात्मक छौंः डेपुटी गभर्नर मिश्र

बजेट कार्यान्वयनमा निजी क्षेत्र सहकार्य गर्न तयार छः सीएनआई अध्यक्ष अग्रवाल Read Next

बजेट कार्यान्वयनमा निजी क्षेत्र सहकार्य गर्न तयार छः सीएनआई अध्यक्ष अग्रवाल