काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ ।
बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४० हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार तोलामा एक लाख ३७ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएकामा आज यो एक लाख ३९ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा दुई हजार दुई सय ५० रुपैयाँले वृद्धि भएको छ ।
यसैगरी चाँदीको मूल्य तोलामा ७० रुपैयाँले वृद्धि भएको छ । बुधबार एक हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।